दुईसाता सम्मको लागि उच्चस्तरीय कार्यदलको बैठक स्थगीत/दलहरूको आ-आफ्नै अडानले सहमति जुट्न सकेन

नयाँ संविधानमा विवाद अन्त्यका  लागि गठित उच्च स्तरीय कार्यदलको बैठक दुईसाता सम्मका  लागि स्थगीत भएको छ । माओवादीको विस्तारित बैठक आगामी आइतबार देखि  गोर्खाको पालुङटारमा बस्ने भएकाले कार्यदलको बैठक मंसिर १५ गते सम्मका लागि स्थगीत गरिएको हो ।


सिंहदरबारमा बुधबार बसेको कार्यदलको बैठकमा  दलहरूले आफ्नै अडान दोहार्‍याएपछि सहमति जुटन सकेन । माओवादीले हदबन्दी भन्दा बढी भएको जग्गा मुअब्जा समेत नदीई अधिग्रहण गर्नुपर्ने व्यवस्थाका पक्षमा अढान दोहोर्‍याएको थियो । यस्तै नेपाली कांग्रेस र एमालेले क्षतीपूर्ती दिएर लिएको जग्गा भूमीहीन हरूलाई  बितरण गर्नु पर्ने व्यवस्था गर्नुपर्ने  बताएका छन् भने मधेसबादी  दलहरूले हदबन्दी सम्बन्धी विषय भावि संविधानमा उललेख गर्नु नहुने अढान लिएका छन् ।


भूमीसुधार गर्न सहमति जुटेपनि दलहरूबीच यसको स्वरुप के हुने भन्ने विषयमा विवाद रहदै आएको छ ।