माओवादीका प्रचण्डसहितका उच्च नेताहरु विस्तारित बैठकमा सहभागी हुन गोर्खाको पालुङटारमा, चौतर्फी विरोध भए पनि लडाकुहरु सहभागी हुने

गोरखा । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डसहितका उच्च नेताहरु विस्तारित बैठकमा सहभागी हुन गोर्खाको पालुङटार पुग्नु भएको छ । आजै पालुङटारमा माओवादीको स्थायी समितिको बैठक पालुङटारमा सुरु हुदैंछ ।


यसैबीच एकीकृत नेकपा माओवादीको गोरखा पालुङ्गटारमा हुने छैटौँ विस्तारित बैठकमा माओवादी लडाकुहरु सहभागी हुने विस्तारित बैठक संचालक समितिका संयोजक सुरेश आले मगरले बताउनुभएको छ । चौतर्फी विरोध भए पनि लडाकुहरु सहभागी हुने तर सङ्ख्या भने तय नभएको उहाँको भनाई थियो ।