ठूला तीन दलको राष्ट्रलाई अनिर्णयको बन्दी बनाउने रवैया जारी रहेमा विकल्पका लागि जनता सडकमा उत्रने

स्याङ्जा । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेपालका अध्यक्ष कमल थापाले ठूला तीन दलको राष्ट्रलाई अनिर्णयको बन्दी बनाउने रवैया जारी रहेमा विकल्पका लागि जनता सडकमा उत्रने बताउनुभएको छ ।


पाल्पामा हुने कार्यक्रममा भाग लिन जाने क्रममा नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा स्याङ्जाले पुतलीबजारमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष थापाले जनताले ठूलो अपेक्षा गरेको दलहरुले दिनप्रतिदिन गल्ती गर्दै गएको दाबी गर्नुभयो ।


पत्रकार सम्मेलनमा ऐतिहासिक जनाआन्दोलनका उपलब्धीलाई ठूला दलहरुले रक्षा गर्न नसकेको आरोप लगाउनुभयो । नयाँ प्रधानमन्त्री निर्वाचन गर्न, बजेट ल्याउन र संविधान निर्माणको गतिलाई अगाडि बढाउन नसक्ने संविधानसभाको औचित्य समाप्त भईसकेको जिकिर गर्नुभयो ।