सर्वोच्च अदालतद्बारा फोटोसहितको मतदाता परिचयपत्र बनाउँदा नागरिकतालाई नै आधार मान्न आदेश

काठमाडौं, मंसिर ९ – सर्वोच्च अदालतले फोटोसहितको मतदाता परिचयपत्र बनाउँदा नागरिकतालाई नै आधार मान्न आदेश दिएको छ ।

न्यायाधीश प्रकाश वस्तीको इजलासले मुद्दाको टुङ्गो नलागेसम्म फोटोसहितको मतदाता परिचयपत्र बनाउँदा नागरिकताबाहेक अन्य परिचयपत्रलाई मान्यता नदिन अन्तरिम आदेश जारी गरेको हो । आयोगले मतदाता परिचयपत्र बनाउँदा नागरिकताबाहेकका परिचयपत्रलाई पनि मान्यता दिएपछि सरोजनाथ प्याकुरेल, ऋषिराम घिमिरे र ताराप्रसाद लामिछानेले मुद्दा दायर गरेका थिए ।

मधेसवादी दलहरुको विरोधका कारण सरकारसँगको सहमतिमा निर्वाचन आयोगले फोटोसहितको मतदाता परिचयपत्र बनाउँदा नागरिकताबाहेकका परिचयपत्रलाई पनि मान्यता दिएको थियो ।