बजेट ल्याउने क्रममा गत साता संसदमा भएको बवण्डरका कारण स्थगित गरिएको अधिवेशन, राजनीतिक दलहरुबीच सहमति भएपछिमात्र बोलाइने


 

बजेट ल्याउने क्रममा गत साता संसदमा भएको बवण्डरका कारण स्थगित गरिएको अधिवेशन, राजनीतिक दलहरुबीच सहमति भएपछिमात्र बोलाइने संकेत प्रधानमन्त्री माधवकुमार नेपालले दिएका छन्।

उनको संकेतलाई व्याख्या गर्दै सरकारका प्रवक्ताले भनेका छन् बजेट अध्यादेश तथा प्रधानमन्त्रीको चुनावबारे स्पष्ट सहमति भएपछि मात्र अधिवेशन बोलाउनुको औचित्य रहनेछ।


सहमति


सभामुख सुवास नेम्वाङ्गले बुधबार राष्ट्रपतिसंगको भेटमा तुरुन्तै अधिवेशन डाक्नुपर्ने बताएको लगत्तै विहिबार प्रधानमन्त्री माधवकुमार नेपालले राजनीतिक सहमति भएपछिमात्र अधिवेशन डाकिने संकेत दिए।


रुसमा भएको बाघ संरक्षणसम्बन्धी एउटा सम्मेलनबाट फर्कने क्रममा काठमाण्डौं विमानस्थलमा पत्रकारहरुसंग बोल्दै उनले त्यस्तो संकेत दिएका थिए।