माओवादी पालुङटार विस्तारित बैठक दुई दिन लम्बिने, शान्ति र नयाँ संविधान लेखनमा लाग्ने लक्ष्य सहित तत्कालका लागि संघर्ष घोषणा गर्ने

– माओवादीले तत्कालका लागि संघर्ष घोषणा गर्ने स्रोतले जनाएको छ । संघर्षका कार्यक्रम भने तय भइसकेको छैन । स्थायी समिति बैठक लम्बिएपछि विस्तारित बैठक पनि दुई दिन लम्बिने भएको छ । बैठकको अन्तिम दिन दाहालले उपाध्यक्षद्वयको प्रतिवेदन र सहभागीका जिज्ञासा समेटेर जवाफ दिने, त्यसपछि पालुङटारमै पत्रकार सम्मेलन गर्ने र त्यसपछि खुलासभा गर्ने निर्णय माओवादीले गरेको छ । खुलासभास्थलको भने टुंगो नलागेको प्रवक्ता शर्माले जानकारी दिए ।


 

एकीकृत नेकपा (माओवादी)को केन्द्रीय समितिको विस्तारित बैठक शनिबार सकिने भएको छ । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शान्ति प्रकृया र नयाँ संविधान लेखनमा लाग्ने लक्ष्य सहितको नयाँ प्रस्ताव पार्टीको विस्तारित बैठकमा शुक्रबार पेश गरेका छन्।


बैठकमा आएका सुझावहरुलाई समेटेर तयार पारिएको भनिएको उक्त प्रस्तावमा उनले प्रमुख अन्तरविरोध घुलमिल गरेर आएको भारत र प्रतिकृयावादसँग रहने उल्लेख गरेका छन्।


तर यो नै साझा वा अन्तिम प्रतिवेदन होइन।


विद्रोह