कांग्रेस सभापति सुशील कोइरालाले उपसभापतिमा रामचन्द्र पौडेल र महामन्त्रीमा कृष्णप्रसाद सिटौलालाई मनोनय प्रस्ताव गरेपछि तीब्र विवाद उत्पन्न भएको छ ।
पदाधिकारी मनोनयन गर्ने विषयमा कांग्रेस सभापति कोइराला र नेता शेरबहादुर देउवा पक्षबीच विवाद भएको छ। दुई पक्षबीचको विवादका कारण दुई बजे सुरु हुने भनिएको कांग्रेस केन्द्रीय समितिको बैठक अझै बस्न सकेको छैन।
सभापति कोइरालाले आफ्नो पक्षका केन्द्रीय सदस्यहरुलाई पदाधिकारीमा मनोनयन नगर्ने संकेत देखेपछि देउवापक्षले असन्तुष्टि जनाएको छ।
केन्द्रीय नेताहरु पार्टी कार्यालय सानेपा पुगिसकेका भएपनि छलफल अगाडी बढ्न सकेको छैन। दुबै पक्षका नेताहरु आफ्नो पक्ष बलियो बनाउन आन्तरिक छलफलमा जुटेका छन्।