काठमाडौ । एसियाली राजनीतिक दलहरुको सङ्गठन आईक्यापको १४ औं सम्मेलनमा भाग लिन प्रधानमन्त्री माधवकुमार नेपाल आज त्यसतर्फ प्रस्थान गर्नुभएको छ । प्रधानमन्त्री नेपाल कतार एयरवेजको विमानबाट दोहा हुँदै कम्बोडिया जान लाग्नुभएको हो ।
भोलिदेखि १८ गतेसम्म हुने सम्मेलनमा प्रधानमन्त्री नेपाल आईर्क्यापको स्थायी समिति सदस्यका हैसियतले सहभागी हुनुहुनेछ ।
आईक्यापको सम्मेलनमा विभिन्न ४० देशका राजनीतिक दलका प्रतिनिधिहरुले भाग लिने कार्यक्रम छ ।
आईक्यापको सम्मेलन सकिएपछि प्रधानमन्त्री माधवकुमार नेपाल अति कम विकसित राष्ट्रहरुको सम्मेलनमा भाग लिन बेल्जियम जानु हुने कार्यक्रम रहेको छ । प्रधानमन्त्री नेपाल मङ्सिर २४ गते मात्रै स्वदेश फर्कनुहुने छ ।