राजनीतिक परामर्श तिब्र पारेका राष्ट्रपति रामबरण यादवले बुधबार पनि त्यसलाई निरन्तरता दिएका छन् । यसैक्रममा राष्ट्रपतिले पछिल्लो राजनीतिक संकट र समाधानको उपायबारे तराई मधेस लोकतान्त्रीक पार्टीका अध्यक्ष महन्त ठाकुरसँग कुराकानी गरेका छन् ।
राष्ट्रपति भवन शीतल निवासमा बिहान भएको भेटमा संसद अधिवेशन अव्ह्रानको अन्योल, संविधान निर्माण र शान्ति प्रक्रियामा देखिएका जटिलताबारे समेत छलफल भएको राष्ट्रपतिका सहयोगीहरूले बताएका छन् ।



