संयुक्त राष्ट्र संघका उप महासचिव बी लीन पास्कोले नेपालको शान्ति प्रक्रिया जटिल मोडमा पुगेको बताएका छन्।
दुई दिनभर राजनीतिक दलका नेताहरु, कूटनीतिक समुदाय, राष्ट्रपति र सभामुखसँग परामर्शमा व्यस्त रहेका पास्कोले शनिबार राजनीतिक दलका नेताहरुले तत्काल शान्ति प्रक्रिया टुंगोमा पुर्याउन काम शुरु गरिहाल्नुपर्ने सुझाव पनि दिए।
शान्ति प्रक्रियामा सघाइरहेको संयुक्त राष्ट्र संघीय सहयोग मिसन अन्मिन फर्कन ठीक छ हप्ता बाँकी छ।
अन्मिनको सहज फिर्ती र दलहरुलाई दबाब दिने भ्रमण सकेर जानु अघि पास्कोले पत्रकार सम्मेलन आयोजना गर्दै संवाददाताहरुसँग शान्ति प्रक्रियामा थुप्रै समय र लगानी खर्च गरिसकेको औंल्याए।
जटिल मोड
उनले भने,



