मेक्सिकोका राष्ट्रपतिद्वारा मौसम परिवर्तन सम्बन्धी वार्ताबारे जापानको अडानको कडा शव्दमा आलोचना

मेक्सिकोका राष्ट्रपति फेलिप कालदेरोनले हिजो मेक्सिकोको क्यानकुनमा आयोजना भएको मौसम परिवर्तन विषयक सँयुक्त राष्ट्र संघको वार्तामा जापानको कडा अडानको कडा शव्दमा आलोचना गर्दै यस वार्तामा वास्तविक प्रगति हासिल हुनका लागि जापानले अवरोध बनाएको ठहर गर्नुभयो।

राष्ट्रपति फेलिप कालदेरोनका अनुसार, मौसम परिवर्तन विषयक सँयुक्त राष्ट्र संघको वार्ता गत नोभेम्बर उन्नतिस तारिख शुरु भएको केही दिनमा जापानले सन् 2013मा शुरु हुने “क्योटो प्रोटोकल”मा तोकिएको दोस्रो अवधिमा प्रदुषित तत्वको न्युन निश्कासन सम्बन्धी वचनबद्धता “स्थायी रुपमा नगर्ने” कुरा घोषणा गरेको थियो। जसलाई विभिन्न पक्षद्वारा कडा शव्दमा आलोचना गरिएको छ। यसका साथै अमेरिकाले सो वार्तामा स्वदेशको प्रदुषित तत्वको न्युन निश्कासन सम्बन्धी वचनबद्धता अरु मुलुकसँग एउटै ठाउँमा राखेको कुराको आलोचना पनि उहाँले गर्नुभयो।


श्री फेलिप कालदेरोनले व्यवहारिक सम्झौता सम्पन्न गर्न उपयोगी वातावरण तयार पार्नका लागि वार्ता सम्बन्धी विभिन्न पक्षसँग उचित परामर्श गर्न आह्वान गर्नुभयो।


images

images

images



Nepal life insurance