संसदले बजेट पारित गर्ने या प्रधानमन्त्री चयन गर्न सक्ने वातावरण नबनी संसदको अधिवेशन नडाक्ने सरकारका प्रवक्ता तथा सूचना तथा संचारमन्त्री शंकर पोखरेलले जनाएका छन्।
मुख्य विपक्षी एकीकृत नेकपा माओवादीले नियमित नसके विशेष अधिवेशन बोलाउन भएपनि पहल गर्ने निर्णय गरेको भोलीपल्ट सरकारका प्रवक्ता पोखरेलले न्यूनतम सहमति नभै अधिवेशन नबोलाउने प्रतिक्रिया दिएका हुन्।
मन्त्री पोखरेलले माओवादीले डाक्ने भनेको विशेष अधिवेशनले प्रधानमन्त्री चुन्न नसक्ने बताएका छन्।
प्रमुख विपक्षी माओवादीको पदाधिकारी बैठकले आइतबार नियमित अधिवेशन हुन नसके विशेष अधिवेशन गर्न निवेदन दर्ता गर्ने निर्णय गरेको थियो।
न्यूनतम सहमति
सत्तारुढ दल नेपाली कांग्रेसले पनि संसदमा आइलागेका यावत समस्याको समाधान खोज्ने काम संसदमै गर्न अधिवेशन डाक्न जोड दिँदै आएको छ।
तर सरकार भने तत्काल अधिवेशन नबोलाउने पक्षमा छ।
सरकारका प्रवक्ता तथा सूचना तथा संचारमन्त्री शंकर पोखरेल भन्छन्,



