नयाँ संविधानको प्रस्तावनामा जनयुद्ध, बहुलवाद र आत्मनिर्णयको अधिकारबाहेक सबै विषयमा सहमति जुटेको छ ।
सिंहदरबारमा बुधबार विहान बसेको उच्चस्तरीय कार्यदलको बैठकमा प्रस्तावनाका ४७ विवादित विषयमध्ये जनयुद्ध, बहुलवाद, आत्मनिर्णयको अधिकार र नयाँ संविधानको नाममा मात्र कुरा मिल्न नसकेको कार्यदल सहयोगी एवम् एकीकृत नेकपा माओवादीका नेता देब गुरुङले जानकारी दिनुभयो । उहाँले यी विवादित विषयमा पनि सहमति नजिक पुगेको बताउनुभयो ।
कार्यदल सहयोगी समिति सदस्य एवम् नेपाली काङ्ग्रेसका नेता रमेश लेखकले अधिकारको परिभाषा, प्रयोग विधि र सकारात्मक तथा नकारात्मक पक्षको अध्ययनपछि आत्मनिर्णयको अधिकार राख्न दलहरुबीच सहमति भएको जानकारी दिनुभयो ।
एकीकृत नेकपा माओवादीले बहुलवाद एउटा सिद्धान्त भएकोले यसलाई नयाँ संविधानमा उल्लेख गर्न अस्वीकार गरेको छ । बहुलवाद लेखियो भने एकतत्ववाद, आदर्शवादजस्ता थुप्रै वादहरु आउनसक्ने भएकोले कुनै पनि



