उपराष्ट्रपति परमानन्द झाले देश चलाउन नसकेको लिखित जानकारी राष्ट्रपतिलाई गराउन दलहरुलाई चूनौती दिएका छन ।
बुधबार विहान विराटनगरका सन्चारकर्मीहरुसँग कुरा गर्दै उपराष्ट्रपति झाले दलहरुले देश चलाउन नसकेको लिखित जानकारी गराए राष्ट्रपतिलाई कार्यकारी अधिकार लिएर अघि बढ्ने बाटो खुल्ने बताए ।
उन्ले यस्तै अवस्था रह्यो भने राष्ट्रपती शासन सुरु गर्नु पर्ने दाबी गरे । संविधानमा राष्ट्रपतिलाई कार्यकारी अधिकार आफ्नो हातमा लिने बाटो नरहेकोले सिधै एकल निर्णय गर्न राष्ट्रपतीले पनि नमिल्ने दावी उन्को थियो ।
झा ले राष्ट्रपतिले प्रधानमन्त्री चयन गर्न दिएको जिम्मेवारी पाँच महिना पुगिसक्दा पनि दलहरुले पूरा गर्न नसकेको बताउँदै यसले राष्ट्रपतिको अपमान भएको टिप्पणी गरे ।
संविधान निर्माण र शान्तिप्रक्रियाको नाममा दलहरुले नाटक गरिरहेको उपराष्ट्रपति झाको भनाई छ ।