विद्युत अनुमतिपत्र रोकिदिएको भन्दै निजी विद्युत उद्यमी – लगानीकर्ताहरुहरुद्वारा कडा आपत्ति

उर्जामन्त्री डा प्रकाशशरण महतले विद्युत अनुमतिपत्र लगायतका विषय समीक्षाको निम्ति भन्दै रोकिदिएकोप्रति निजी विद्युत उद्यमीहरुले कडा आपत्ति जनाएका छन्।


उर्जा मन्त्रीले सचिवसंगको व्यक्तिगत वैमनस्यताका कारण उक्त निर्णय गरेको स्वतन्त्र उर्जा उत्पादकहरुले आरोप लगाएका छन्।


उक्त निर्णयले विकराल बनेको लोडशेडिंगको समस्या समाधान गर्ने प्रयासहरुमा धक्का लाग्ने उनीहरुको भनाई छ।


झगडा


चारसय मेगावाटभन्दा धेरै क्षमताको बहुचर्चित माथिल्लो तामाकोशी आयोजना प्रमुखको नियुक्तिको विषयलाई लिएर केही समय अगाडि उर्जा मन्त्री डा प्रकाशशरण महत र सचिव शंकर कोइरालाबीच मतभेद भएको थियो।


सार्वजनिक भएको उक्त झगडा झांगिदै गएकै कारण मन्त्री महतले सचिव मातहत रहेको विद्युत अनुमतिपत्र दिने लगायतका काम समीक्षा गर्नुपर्ने भन्दै हठात उक्त निर्णय गरेको ठानिएको छ।


जसका कारण विद्युतमा लगानीका काम ठप्प हुन पुगेको लगानीकर्ताहरुको भनाई छ।


एकजना स्वतन्त्र उर्जा उत्पादक शैलेन्द्र गुरागाईंले भने,