संघीय व्यवस्थापिकाको दुई तिहाइ बहुमतबाट संविधान संशोधन गर्न सकिने प्रावधान राख्न दलहरु सहमत भएका छन्। संवैधानिक समितिमा देखिएको विवाद टुंग्याउन गठित कार्यदलको आजको बैठकमा यस्तो सहमति भएको हो।
बैठकमा नयाँ बन्ने संविधानमा उल्लेख गर्ने अपरिवर्तनीय धाराका विषयमा भने सहमति जुट्न सकेन। एकीकृत माओवादीले गणतन्त्र र राष्ट्रिय सार्वभौमसत्ता जनतामा निहित हुने भन्ने बाहेकका अन्य बुँदा अपरिवर्तनीय भनि नयाँ संविधानमा उल्लेख गर्न नहुने अडान कायमै राखेको छ।
जनमत संग्रहका विषयमा भने बैठकमा सहमति जुटेको छ। राष्ट्रिय महत्वका विषयमा संसदको दुई तिहाइ बहुमतले पास गरेको ख48डमा जनमत संग्रहमा जान सकिने सहमति भएको छ।