विकिलिक्सद्वारा १६ आतंककारी नेपाले हुँदै कास्मीर छिरेको भारतीय सेना प्रमुखको दाबीसहितको अमेरिकी सन्देश सार्वजनिक

काठमाडौ – चर्चित वेवसाइट विकिलिक्सले गत वर्ष सन् २००९ मा कम्तीमा १६ आतंककारी नेपाले हुँदै कास्मीर छिरेको भारतीय सेना प्रमुखको दाबीसहितको अमेरिकी सन्देश सार्वजनिक गरेको छ ।

भारतीय सेनाका तत्कालीन प्रमुख दीपक कपुरले सन् २००९ मा ति आतंककारी नेपाली भूमिबाट कास्मीर प्रवेश गरेको दाबी गरेको नयाँ दिल्ली स्थित अमेरिकी दुतावासले आफ्नो विदेश मन्त्रालयलाई पठाएको सन्देशमा उल्लेख छ  ।

सन्देशमा कपुरले नेपाल हुँदै भारत छिरेका आतंककारीले कास्मीरमा भारत विरोधी गतिविधि संचालन गरेको दाबी गरिएको छ । यस्तै नेपालसँगको खुला सीमाले आतंकबाद नियन्त्रण गर्ने आफ्नो मुलुकको अभियानमा चुनौती थपिएको कपुरले  बताएका छन् ।