नयाँ संविधानका मूल विवादहरुमा छलफल नथाल्दै उच्चस्तरीय कार्यदलको म्याद सकियो

नयाँ संविधान लेख्ने बाटोका अवरोधहरु पन्छाउन दलहरुद्वारा गठित कार्यदलको म्याद, महत्वपूर्ण विवाद थाँती रहँदै, दोस्रो पटक शनिबार सकिएको छ।


कार्यदल दुई सयभन्दा बढि विवादित मुद्दाहरुमध्ये सयवटा जति समाधान गर्न सफल भएको थियो।


तर राज्यको संघीय पुनर्संरचनाको खाका तथा शासकिय स्वरुपजस्ता मूल विवादहरु जस्ताको तस्तै छन्।


यसअघि एक पटक म्याद थपिसकिएको कार्यदलको म्याद फेरि थप्ने वा नथप्नेबारे दलहरुले आईतबार छलफल गर्ने भएका छन्।


अड्कियो


नागरिकता, भाषा जस्ता पेचिला विवादहरु सजिलै सल्टाएर समयमै संविधान लेखिने आशा जगाएको कार्यदलको म्याद सकिनु अघि शनिबार बिहान संविधानका अपरिवर्तनीय कुराहरु के के हुने भन्नेबारेमा कुराकानी अड्किएको थियो।


कार्यदल सहयोगी समूहका एकजना सदस्य तथा नेपाली कांग्रेसका नेता रमेश लेखकले भने,