काठमाडौं – एकीकृत नेकपा माओवादीसहित ७ दलका १ सय ८७ जना सांसदले संसद अधिवेशन बोलाउन राष्ट्रपति रामवरण यादवसमक्ष समावेदन दर्ता गराएका छन्। उनीहरुले प्रधान मन्त्रीको निर्वाचन तत्काल गर्नका लागि यस्तो अधिवेशन आवश्यक भएको उल्लेख गरेका छन्।
यसरी समावेदन दर्ता गराउनेमा माले समाजवादी, नेपाली जनता दल, नेकपा एकिकृत, सद्भावना पार्टी आनन्दीदेवी, जुनमुक्ति पार्टी, नेपा राष्ट्रिय पार्टीलगायत् छन्।
संसदका एक चौथाइ सांसदले समावेदन गरेमा संसद बोलाउनुपर्ने नियम छ।