एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेस सभापति सुशिल कोइरालाबीच भेटवार्ता

काठमाडौ  – एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति सुशिल कोइरालाबीच भेटवार्ता  भएको छ ।


बिहान प्रचण्ड निवास नयाँ बजारमा भएको भेटमा संसदको अधिवेशन बोलाउने र प्रधानमन्त्री निर्वाचनको टुङ्गो लगाउने विषयमा छलफल भएको थियो ।


करिव ४५ मिनेट भएको भेटमा कोइरालाले संसदको अधिवेसन बोलाई कांग्रेसका तर्फबाट प्रधानमन्त्रीका उम्मेद्वार रामचन्द्र पौडेललाई प्रधानमन्त्री बनाउने विषयमा सहयोग प्रस्ताव गर्नु भएको थियो ।


जवाफमा प्रचण्डले त्यस विषया छलफल गर्न सकिने बताउनु भएको थियो । छलफलका शान्ति प्रक्रियाको टुङ्गो लगाउने र संविधान बनाउने विषयमा पनि कुराकानी भएको थियेा ।