राष्ट्रपति डा. रामवरण यादवले पुस ४ गतेका लागि व्यास्थापिका संसदको विशेष अधिवेशन आह्वान

 



– राष्ट्रपति डा. रामवरण यादवले पुस ४ गतेका लागि व्यास्थापिका संसदको विशेष अधिवेशन आह्वान गरेका छन् ।

राष्ट्रपति कार्यालयबाट सोमबार साँझ जारी गरिएको बिज्ञप्तिमा १८७ साँसदहरुले पेश गरेको समावेदनमा उल्लेख भए अनुसार नेपालको अन्तरिम संविधानको धारा ५१ को उपधारा (३) बमोजिम अधिवेशन बोलाइएको उल्लेख छ ।

आइतवार माओवादी र अन्य केही दलका गरी १८७ साँसदले प्रधानमन्त्रीको निर्वाचनल

 

गायतका विषयमा छलफलका लागि संसदको बिशेष अधिवेशन माग गरेका थिए ।

यसै सम्बन्धमा राष्ट्रपतिले सोमबार प्रधानमन्त्री माधवकुमार नेपाल, सभामुख शुभाष नेम्वाङ तथा कानुन व्यवसायीहरुसंग परामर्श गरेका थिए ।

संविधानमा संसद आह्वान र अन्तको व्यवस्था:

५१. अधिवेशेशनको आव्हान र अन्तः

(१) राष्ट्रपतिले प्रधानमन्त्रीको सिफारिसमा समय समयमा व्यवस्थापिका-संसदको अधिवेशन आव्हान गर्नेछ ।

(२) राष्ट्रपतिले प्रधानमन्त्रीको सिफारिसमा व्यवस्थापिका-संसदको अधिवेशनको अन्त गर्ने


छ ।

(३) व्यवस्थापिका-संसदको अधिवेशन वा बैठक चालू नरहेको वा स्थगित रहेको

 

 अवस्थामा अधिवेशन वा बैठक बोलाउन वाञ्छनीय छ भनी व्यवस्थापिका-संसदमा तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको कम्तीमा एक चौथाई सदस्यहरुले समावेदन गरेमा समावेदन गरेको मितिले पन्ध्र दिन भित्र बैठक

 

 बस्ने गरी ३राष्टपतिले मिति र समय तोकी त्यस्तो अधिवेशन वा बैठक बोलाउनेछ र त्यसरी तोकिएको मिति र समयमा व्यवस्थापिका-

संसदको अधिवेशन वा बैठक प्रारम्भ हुने वा बस्नेछ । स्पष्टीकरणः यस उपधाराको प्रयोजनका लागि “समावेदन” भन्नाले निवेदन पेश गर्ने व्यक्तिको हस्ताक्षर भएको लिखत सम्झनु पर्छ ।