नयाँ सरकार गठनबारे देखिएको गतिरोध चार दिनभित्र अन्त्य गर्न प्रमुख तीन दल सहमत, दलीय अडान भने कायमै

शान्ति प्रक्रिया, संविधान लेखन र सत्ता साझेदारीमा सहमति जुटाउन भन्दै आज बस्ने संसदको विशेष अधिवेशन औपचारिक मात्र बनाउने प्रमुख तीन दल बीच सहमति भएको छ।

 

शान्ति तथा पुर्ननिर्माण मन्त्रालयमा आज भएको तीन दलका शिर्ष नेताहरुको बैठकले संसदको आजको बैठक औपचारिक मात्र बनाउने निर्णय गरेको हो। हात्तिवन र गोकर्ण रिर्सोटमा भएको विगतको सहमतिलाई निरन्तरता दिन संसदलाई आगामी आठ गतेसम्म नियमित प्रक्रियामा प्रवेश नगराउने सहमति दलहरुका बीच भएको हो।  
 
माओवादीको विस्तारित बैठकपछि तीन दलको बैठक बस्न सकेको थिएन। आजको बैठकमा एकीकृत माओवादी, नेपाली कांग्रेस र एमालेका शिर्ष नेता सहभागी थिए।