– पर्यटन वर्षको पूर्व सन्ध्यामा पर्यटक भित्र्याउन महत्वपूर्ण भूमिका खेल्ने राष्ट्रिय ध्वजावाहकका वरिष्ठ अधिकारीहरु विरुद्ध भ्रष्टाचारको मुद्दा परेको छ।

कंसाकारले एअर बस खरीद गर्न निगमको खाताबाट पेरिसस्थित एउटा बैंकमा झण्डै पौने ६ करोड रुपैया फिर्ता नहुने शर्तको बैना बुझाएका थिए।
महिनौं अनुसन्धानपछि अख्तियारले बैना प्रकरणमा भ्रष्टाचार भएको ठहर गरेको हो।
करीब एक वर्ष अघि एअर बसलाई बैना बुझाए लगत्तै भ्रष्टाचार भएको खबरहरु प्रकाशित भएपछि निगमका कार्यकारी अध्यक्ष सुगतरत्न कंसाकारले आफुले कुनै गल्ती नगरेको बताएका थिए।



