काठमाडौ – संचारमाध्यमहरुले जनाए अनुसार माओवादी अध्यक्ष पुष्पकमल दाहालले प्रतिक्रान्तिकरीहरु चलमलाएको दावी गरेका छन् । साथै उनले कम्युनिष्टहरुमा ध्रुविकरण आवश्यक रहेको पनि बताए ।
मंगलबार माओवादीका सल्लाहकार हस्तबहादुर केसीद्वारा लिखित ‘मार्क्सवादी दर्शन शास्त्रका रुपरेखा’ नाम पुस्तकको विमोचनका क्रममा अध्यक्ष दाहालले प्रतिक्रान्तिकारीहरु चलमलाएकाले सचेत हुनुपर्ने बेला आएकफ बताएका हुन् ।
‘नेपालमा कम्युनिष्टहरुको धुविकरण हुन जरुरी छ’ उनले भने, ‘प्रतिक्रान्तिकारीहरु पनि त्यित कै चलमलाई रहेको अबस्था रहेको छ । उनीहरुले कम्युनिष्टहरु बीचको ध्रुविकरणलाई रोक्न कोशिस गरिरहेको छ ।’



