नेपाल पर्यटन बर्ष २०११ का कुरा ”भिल्लको देशमा मणि”

उमाकान्त पाण्डे गाउले – अन्तराष्ट्रिय प्रमुख प्रतिनिधि


नेपाल सरकारले सन् २०११ लाई पर्यटन वर्षको रूपमा मनाउने उद्घघोष गरे बमोजिम अब त्यसको तयारी अन्तिम चरणमा पुगेको हुनु पर्ने हो । किनकी सन् २०११ आउन अब धेरै दिन बांकी छैन । जनवरी २०११ शुरू हुन अब साता दिन पनि छैन तर अन्तिम तयारी सम्ब्न्धी कुनै प्रकृया अगाडि बडाएको देखिएको छैन ।


नेपाली क्यालेण्डरअनुसार १७ गते शुरू हुंदैछ नेपाल पर्यटन वर्ष तर तयारी के कस्तो भएको छ कसै लाई केही थाहा छैन । सरकारले पर्यटन वर्षमनाउन अहिलेसम्म कस्तो कार्ययोजना बनाएको छ ती कुराहरू त सरकारमा बस्नेलाई नै थाहा होला । तर,बाहिरबाट हेर्दा जुन तयारी हुनुपर्ने हो त्यो भएको देखिन्न । सरकारको तर्फ बाट जुन ढंगले जनपरिचालन गर्नुपर्ने हो त्यो पनि भएको छैन । सायद शुरूका केही दिन विदेशी पाहुनाहरूलाई ढाकाको टोपी,फूलमाला लगाइदिने र हाई हेलो गर्ने काम हुने छ ।त्यसपछि यथावत -पर्यटक आउंछन् जान्छन् सरकारलाई चासो हुंदैन।
 
नेपालमा पर्यटक आकर्षण गर्न अत्यधिक मात्रामा सम्भावनाहरू छन् । तर,भिल्लको देशमा मणि भने झैं भएको छ। यहांको प्राकृतिक दृश्यावली,ऐतिहासिक सम्पदाहरू यत्रतत्र,विश्वकै दुर्लभ जनावर,चराचुरूंगी,प्राकृतिक सम्पदा,पुरातात्विक महत्वका बस्तुहरू,छरिएर रहेका छन् । जहां बस्तुहरू छन् त्यहां जाने बाटो छैन । पर्यटकलाई ती स्थानसम्म लैजानको लागि ती बस्तुहरूसंग आफै परिचित हुनुपर्छ । आफैलाई जानकारी छैन भने अरूलाई बुझाउन सकिन्न । सरकारी यन्त्र काठमाडौं र सुविधासम्पन्न क्षेत्रमा समेटिएको छ । जुन स्थान पर्यटकको हैन । पर्यटकले प्राकृतिक, पुरातात्विक, ऐतिहासिक बस्तुहरू खोजी गर्छन् ।


जहां उनीहरूले केही चिज जान्न र बुझ्न पाउन् । ती ठाउंमा केही समय बसेर अवलोकन गर्न चाहन्छन् । तर, यहां त्यस्ता ठाउंमा सुविस्थासंग बस्नको लागि होटेलको ब्यवस्था हुंदैन । ती बस्तुबारे ब्याख्या गरिदिने मानिसको अभाव हुन्छ । त्यसो भयो भने पर्यटक लामो समयसम्म बस्न सक्तैनन् । र पर्यटन बर्षमनाउन लाग्दा सरकारले लामो गृहकार्य गर्नुपर्छ । लामो समयदेखि पर्यटकीय क्षेत्र लगायतका आकर्ष स्थलहरूमा जनपरिचालन गरी प्रशिक्षित गर्नुपर्छ । त्यहां के चिज छ त्यसको जानकारी तत् स्थानमा साइनबोर्ड राखेर तथा पुस्तिका प्रकाशन गरेर जानकारी दिनुपर्छ।त्यसको अहिले कुनै तयारी भएको देखिएन।भोलिका दिनमा पर्यटन वर्षमनाउनु पर्दा यो कुरालाई ख्याल गर्नु जरूरी छ ।


बिदेश मा रहेका नेपाली हरु आफु कार्यरत देशका नागरिक लाई आफ्नो देश सम्म लैजान सक्ने हुनुपर्ने हो यो २०११ पर्यटन वर्ष सफल बनाउन तर मध्यपुर्वका खाडी राष्ट्र हरुमा अहिले सम्म नेपाल प्रयटन बोर्ड तथा नेपाल एयर लाइन्सले सम्युत्त अरब एमिरेट्सको दुबईमा तथा कतारमा मात्र त्यहा स्थित बिभिन्न ट्राभल ब्यबासायी सग अन्तरकृयातम्क कार्यक्रम गरिएको देखियो । यस् अघी नेपाली दुतावास यूएईले भने जस्ताइ नेपाल डे यूएईमा मनाइएन।यधपी यहाँ नेपालमा पर्यटन वर्षलाई सफल बनाउन भने दुतावास मार्फत नेपाल मा गएर बनाइएको प्राकृतिक सुन्दरतामा आधारित ब्रित चित्र अरबका राष्ट्रिय टेलिभिजन मार्फत बिभिन्न समयमा प्रशारण सम्म गरिएको पाइयो । उता बिदेश स्थित सामाजिक संघ सस्था ले पनि भिभिन्न कार्यक्रम गरी केही हद सम्म पर्यटन वर्ष सफल पार्न कार्यक्रम गर्ने गरेको देखियो । तर सरकारको प्रत्यक्ष सरोकार राख्ने निकाय भने नेपाल भित्रै यस् कार्यमा पछाडि परेको महसुश चौतर्फी रुपमा ब्यत्त गरिएको छ ।