नयाँ संविधान लेखनका विवादास्पद विषयमा संविधान सभाका २७ दलले आजदेखि छलफल गर्ने भएका छन्।
संविधानसभामा प्रतिनिधित्व गर्ने दलहरुको सिंहदरवारमा बसेको बैठकले विवादास्पद विषय टुंग्याउन आजदेखि छलफल गर्ने सहमति भएको हो। उच्चस्तरीय राजनीतिक कार्यदलले संविधानका विवादास्पद विषयमध्ये १ सय २७ विषयमा सहमति जुटाए पनि अझै ८३ विषयमा दलहरु बीचमा सहमति जुट्न सकेको छैन।
राज्यको शासकीय स्वरुप, निर्वाचन प्रणाली, राज्य पुनर्संरचना लगायतका विषयमा आजदेखि छलफल हुने बैठकपछि नेताहरुले जानकारी दिएका छन्।