माओवादीमा पार्टीभित्रको मतभिन्नता सार्वजनिक गरेको भन्ने विषयलाई लिएर उपाध्यक्ष डा.बाबुराम भट्टराईसँग स्पष्टीकरण लिने तयारी

पार्टीभित्रको मतभिन्नता सार्वजनिक गरेको भन्ने विषयलाई लिएर एकीकृत नेकपा माओवादीका उपाध्यक्ष डा.बाबुराम भट्टराईसँग स्पष्टीकरण लिने तयारी भैरहेको बताइएको छ।


अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र अर्का उपाध्यक्ष मोहन वैद्य किरण निकट नेताहरुले भट्टराईको जवाफ सन्तोषजनक नभएमा उनलाई आत्मालोचना गर्न लगाइने बताएका छन्।


अर्को साता हुने केन्द्रिय समितिको बैठकमा त्यसबारे छिनोफानो हुने उनीहरुको भनाइ छ।


माओवादी नेता भट्टराईले अनुशासन उल्लंघन गरेको भन्ने विषयमा स्थायी कमिटीको बैठकमै छलफल भएको थियो। तर कुनै निर्णय नहुँदै उक्त बैठक स्थगित गरी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रिय समितिको बैठक पुष १९ गते डाकेका छन्।