काठमाडौ – संचारमाध्यमहरुले जनाए अनुसार राष्ट्रसंघीय महासचिव वान की मुनले अनमिनको वर्हिगमन पछि नेपालको शान्ति प्रक्रिया जटिल मोडमा पुग्न सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् ।
माओवादीको लडाकु व्यवस्थापन ठूलो चुनौती भएको भन्दै वानले अनमिनको वर्हिगमनसंगै यसमा थप जटिलता उत्पन्न हुन सक्ने खतरा समेत औल्याएका छन् । अनमिनको वर्हिगमनसंगै स्वतन्त्र संयोजनकारीको भूमिका खड्कने भएकाले १९ हजार लाडाकु समायोजन सबै भन्दा बढि चुनौतीपूर्ण हुने वानले टिप्पणी गरेका छन् ।
प्रतिवेदनमा वानले अन्य स्थानको सुरक्षा व्यवस्था सन्तोषजनक भएपनि तर्राईक्षेत्रमा भएको हत्या हिंसा लगायत अपराधिक क्रियाकलाप प्रति आफ्नो ध्यानाकर्षा भएको उल्लेख गरेका छन् । दण्डहीनताका लागि उल्लेख्य प्रगति हुन नसक्दा मानव अधिकारको अवस्था दयनीय भएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।



