काठमाडौ – प्राप्त समाचार अनुसार शान्ति प्रक्रिया र लोकतन्त्रमाथि खतरा बढेकाले राष्ट्रियतामा संकट परेको भन्दै शुक्रबारबाट कांग्रेसले राष्ट्रिय जागरण अभियान सुरु गर्दैछ ।
माओवादीका कारण राष्ट्रियता संकटमा परेको निष्कर्षनिकाल्दै कांग्रेसले राष्ट्रिय मेलमिलापको अवसर पारेर तीन महिने जागरण अभियान सुरु गर्न लागेको हो । ‘दिगो शान्ति, लोकतान्त्रीक संविधान सवाल राटि्रयताको हाम्रो अभियान’ नारासहित सुरु गर्न लागिएको अभियानका लागि कांग्रेसका सय जना केन्द्रीय नेताहरु मुलुकका विभिन्न स्थानमा पुगिसकेका छन् । यसका लागि सभापति शुशिल कोइराला विराटनगर, नेता रामचन्द्र पौडेल सप्तरी र शेरबहादुर देउवा चितवन पुगेका छन् ।
पदाधिकारी मनोनयनमा स्पष्ट दुइ धार देखिएको कांग्रेसले अभियानमन एकरुपता ल्याउन दस्तावेज तयार पारेको छ । गाउ



