नयाँ संविधानमा विवादित विषय टुङ्गो लगाउन बसेको २८ दलको बैठकले कुनै सहमति जुटाउन सकेन

काठमाडौ – संचारमाध्यमहरुले जनाए अनुसार   नयाँ संविधानमा विवादित विषय टुङ्गो लगाउन आइतबार बसेको २८ दलको बैठक कुनै सहमति जुटाउन सकेन  । बैठकमा न्याय प्रणाली र नागरिकताका विषयमा छलफल भएको थियो ।

यसअघि उच्चस्तरीय कार्यदलको बैठकमा प्रधानन्यायाधी लगायत सर्वोच्चका अन्य न्यायाधीशको नियुक्तिका विषयमा भएको सहमतिमा कतिपय दलहरुले आपत्ति जनाएका छन् । त्यस विषयमा दलहरुबीच छलफल जारी रहेको छ । त्यस्तै,अंगिकृत नागरिकताका प्रावधानका विषयमा दलहरुबीच कुरा मिल्न सकेको छैन । एमाले मुख्य सचेतक भीम आचार्यले दुवै विषयमा छलफल चलिरहेको बताए । न्यायाधीश नियुक्तिको प्रक्रियाका विषयमा विभिन्न विकल्पहरुमाथि छलफल भइरहेको उनले जनाए ।