अन्मिनको विकल्पलाई कसरी क्रियाशील गराउने भन्नेबारे प्रमुख दलहरुबीच समझदारी बन्न सकेन

अन्मिन फर्किन नौ दिन बाँकी भएको बेला उसको विकल्पलाई कसरी क्रियाशील गराउने भन्नेबारे प्रमुख दलहरुबीच समझदारी बन्न सकेको छैन।


अन्मिन फर्किन नौ दिन बाँकी भएको बेला उसको प्रस्थान पछि उसले हेर्दै आएका कामकार्वाहीलाई कसरी व्यवस्थित गर्ने भन्नेबारे प्रमुख दलहरुबीच समझदारी बन्न सकेको छैन।

बिहिबार बसेको तीन मुख्य दलका शीर्ष नेताहरुको बैठकमा विशेष समितिलाई सक्रिय गराउन सुझाव दिनको निम्ति एउटा टोली गठन गर्ने सहमति भएपनि प्रस्तावित टोलीको कार्यादेशबारे समझदारी बन्न नसकेको नेपाली कांग्रेसका एकजना नेताले बताए।


माओवादीले भने अझैपनि अन्मिनको अवधि थप्नुपर्ने कुरामा जोड दिंदै आएको छ।


अल्झियो


यसअघिदेखिनै विशेष समितिको सचिवालयलाई अन्मिनले गरिआएको काम जिम्मा दिने चर्चा चलेको भएपनि त्यसको प्रक्रियाबारे मुख्य दलहरुबीच अझै बेमेल छ।


बिहिबारको बैठक पनि सोही मुद्दामा अल्झिएको नेपाली कांग्रेसका एकजना नेताले बताए।