काठमाडौ – प्राप्त समाचार अनुसार तराई मधेश लोकतान्त्रिक पार्टी नेपालका अध्यक्ष एवं उद्योग मन्त्री महेन्द्र यादवले आफ्नो पार्टी सरकारबाट नहटने स्पष्ट गर्नुभएको छ । तमलोपा संस्थापन पक्षले सरकारबाट हटाउन अल्टिमेटम दिएपनि सरकारबाट हटाउनु पर्ने कुनै कारण नभएको उहाँले दावी गर्नुभयो ।
संसद सचिवालय सिंहदरवारमा पत्रकारहरुसंग कुरागर्दै यादवले पार्टी विभाजन संबैधानिक प्रक्रियाबाट भएकाले सरकारबाट हट्नु पर्ने कारण नभएको बताउनु भएको हो ।
उहाँले आफ्नो पार्टी वर्तमान लोकतान्त्रिक गठबन्धनको निरन्तरताको पक्षमा रहेको स्पष्ट गर्दै सरकारबाट हट्नु पर्ने कारण नभएको जिकिर गर्नुभयो । अध्यक्ष यादवले आजै प्रधानमन्त्री माधवकुमार नेपालसंग परामर्श गर्नुभएको थियो ।