काठमाडौं – प्राप्त समाचार अनुसार कार्यकालको अन्तिम प्रतिवेदन सुरक्षापरिषद्मा पेस गरेपछि विवादमा परेकी अनमिन प्रमुख करिन लनग्रेनले आफ्नो प्रतिवेदनको गलत ब्याख्या भएको बताएकी छन् ।
औपचारिक बिदाइका लागि आइतबार राति काठमाडौं आएकी लनग्रेनले सोमबार पत्रकार सम्मेलन गरी अनमिन फर्कनुअघि दलहरुबीच सहमति हुने विश्वास व्यक्त गरिन् । उनले कन्टेनरमा रहेका हतियार सरकारलाई हस्तान्तरण गर्नु नपर्ने बताएकी छन् । आफूले सुरक्षापरिषद्मा पेस गरेको नेपाल प्रतिवेदन विवादमा परेपछि आएलगत्तै उनले पत्रकार सम्मेलन गरी त्यसबारे स्पष्ट पारेकी हुन् ।
राष्ट्रसंघीय महासचिव वान कि मुनको विशेष प्रतिनिधिका रूपमा बुरुन्डीका लागि नियुक्त भइसकेकी लनग्रेन माघ २ गते काठमाडौंबाट न्युयोर्क फिर्ता हुँदैछिन् । फिर्नुअघि उनले राष्ट्रपति, प्रधानमन्त्रीसहितका प्रमुख पदाधिकारीलाई भेटघाट गर्ने भएकी छिन् ।



