काठमाडौ – नेपाली काँग्रेसले यही पुस २८ गतेका दिन २ बजे प्रधानमन्त्री पदको निर्वाचनमा व्यवस्थापिका संसदको बैठकमा अनिवार्य उपस्थित भई नेपाली काँग्रेसबाट प्रधानमन्त्री पदका उम्मेदवार रामचन्द्र पौडेलका पक्षमा मतदान गर्न आफ्ना सांसदहरूलाई हृवीप जारी गरेको छ ।


