काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (माले-समाजवादी) ले प्रधानमन्त्रीका उम्मेदवार रामचन्द्र पौडेलको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ ।
दलका नेता यदुवंश झाको अध्यक्षतामा बसेको बैठकले प्रधानमन्त्रीका एक्ला उम्मेदवार रामचन्द्र पौडेललाई पुस २८ गते अगावै उम्मेदवारी फिर्ता लिई राष्ट्रिय सहमतिको नयाँ प्रक्रियामा सामेल हुन अनुरोध गर्ने निर्णय गरेको छ ।
पुस २८ गतेका दिन व्यवस्थापिका संसदमा प्रधानमन्त्रीका लागि चुनावी प्रक्रियामा जानुपर्ने अवस्था आएमा नेकपा (माले-समाजवादी) ले प्रमका उम्मेदवार पौडेलको विपक्षमा मतदान गर्ने निर्णय गरेको सो पार्टीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । रासस



