कांग्रेसद्वारा प्रधानमन्त्री चुनाव सार्न प्रस्ताव गरेपछि आजको निर्वाचन प्रक्रिया अन्यौलमा

काठमाडौं – प्राप्त पछिल्लो समाचार अनुसार प्रधानमन्त्री चुनावको केही घण्टाअघि कांग्रेसले निर्वाचन सार्न प्रस्ताव गरेपछि अन्यौल भएको छ । अन्यौलका कारण अपरान्ह २ बजे सुरु हुनुपर्ने निर्वाचन प्रक्रिया अझै सुरु भएको छैन ।

उम्मेदवारी फिर्ताबारे केन्द्रीय समितिले निर्णय गर्न बाँकी रहेकाले एक दिन निर्वाचन सार्न कांग्रेसले प्रस्ताव गरेको हो । उसको प्रस्तावप्रति मधेसी जनअधिकार फोरम लोकतान्त्रिकलगायत केही साना दलले समर्थन गरेका छन् ।

एमाले, माओवादीसहित केही साना दलले भने घोषित निर्वाचन मिति सार्न नसकिने बताएपछि निर्वाचन अन्यौलमा परेको छ । यसबारेमा सहमति जुटाउन संविधानसभा भवनमा दलहरुबीच छलफल भइरहेको छ ।