आउदो प्रधानमन्त्रीको चुनावलाई अघिल्ला चुनाव जस्तो अनिर्णित हुन नदिन प्रधानमन्त्री निर्वाचन सम्बन्धी नियमावलीमा हेरफेर गर्न लागिएको अधिकारीहरुले जनाएका छन्।
सत्रौं चरणको चुनाव अगावै प्रधानमन्त्री पदका एक्ला उम्मेदवार रामचन्द्र पौडेलले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि नयाँ प्रक्रियाको लागि बाटो खुलेको हो।
सोह्र पटक चुनाव हुदा पनि प्रधानमन्त्री चयन हुन नसकेपछि बिहिबार बसेको संसदको कार्यव्यवस्था परामर्श समितिले नियमावलीमा प्रधानमन्त्री निर्वाचन सम्वन्धी व्यवस्था संशोधन गर्न एउटा पाँच सदस्यीय उपसमिति गठन गर्ने निर्णय गरेको छ।



