
सेना, प्रहरी, सशस्त्र प्रहरी र माओवादी लडाकुका गरी ६४ जनाले शनिबार साँझ ५ बजेबाटै हतियार अनुगमनको जिम्मेवारी सम्हालिसकेको माओवादी लडाकु रेखदेख, समायोजन र पुनःस्थापनासम्बन्धी विशेष समिति सचिवालय संयोजक बालानन्द शर्माले जानकारी दिए ।
‘विशेष समितिको निर्देशनबमोजिम सचिवालयले प्रत्येक कन्टेनरको अनुगमनका लागि सेना, प्रहरी, सशस्त्र प्रहरी र माओवादी लडाकुका दुई/दुई जना प्रतिनिधि सम्मिलित आठ सदस्यीय संयन्त्र बनाएको छ,’ उनले भने, ‘कन्टेनर रहेका आठवटै स्थानमा ८/८ जनाका दरले ६४ जना खटिइसकेका छन् ।’
विशेष समितिको शुक्रबारको बैठकले हतियार अनुगमनका लागि तत्काल प्रत्येक शिविरमा आठ सदस्यीय संयन्त्र बनाई खटाउन निर्देशन दिएको थियो । सचिवालय सदस्य दीपकप्रकाश भट्टका अनुसार अहिले हतियार अनुगमनमा खटाइएको संयन्त्रलाई ‘स्थलगत सुपरिवेक्षण टोली’ नाम दिइएको छ ।
टोलीमा सेनाबाट लेफि्टनेन्ट कर्नेल र मेजर, सशस्त्रबाट एसपी र डीएसपी, प्रहरीबाट डीएसपी र इन्सपेक्टर दर्जाका अधिकृत रहने उनले जानकारी दिए ।
माओवादीबाट भने ब्रिगेड कमान्डर, ब्रिगेड भाइस कमान्डर र बटालियन कमान्डर तहका लडाकु सहभागी हुने माओवादी सेनाका डेपुटी कमान्डर तथा सचिवालय सदस्य चन्द्रप्रकाश खनालले बताए । ‘तत्कालका लागि एउटा विकल्पका रूपमा टोलीले काम गर्ने छ, पछि सहमतिमा अर्को संयन्त्र बनाएर यसलाई विस्थापित गर्न सकिन्छ,’ उनले भने ।
भट्टका अनुसार टोलीलाई अनुगमन उपकरण लगायतबारे जानकारी दिन अनमिन मातहत कार्यरत ग्रुप फोरका एक, लजिस्टिकका एक र भूपूगोर्खाका एक सदस्य साताभर शिविरमै रहनेछन् । कन्टेनर अनुगमनमा रहेको टोलीसँग चौबीसै घन्टा समन्वयका लागि छिट्टै सचिवालय मुख्यालय सिंहदरबारमा ‘सिचुयसन सेन्टर’ स्थापना गरिने उनले जनाए । यसका लागि तीन सुरक्षा निकाय र माओवादीबाट ४/४ जना प्रतिनिधि माग गरिने छ । आठ/आठ घन्टाका दरले एक पटकमा चार जना सेन्टरमा रहने र यीमध्ये कोही बिदामा बसेका बेला खटिने गरी चार जनालाई ‘ब्याकप’ का रूपमा राखिनेछ ।
माओओवादी सेनाका डेपुटी कमान्डर खनालले स्थानीय तहमा भने लडाकुको अनुगमन आवश्यक नभएको बताए । ‘विशेष समिति र सचिवालयका तीन/तीन सदस्य मिलाएर बनाउने संयन्त्रले केन्द्रीय तहमा अनुगमन गर्ने भनिसकेपछि स्थानीय तहमा अनुगमन आवश्यक छैन,’ उनले भने, ‘हाम्रा सेनाका सबै सदस्य शान्ति प्रक्रियाप्रति प्रतिबद्ध छन् । पार्टी कमान्डमा रहेको अनुशासित फोर्स भएकाले थप अनुगमन जरुरी छैन ।’
प्रधानमन्त्री माधवकुमार नेपाल र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच शुक्रबार लडाकु र हतियारसम्बन्धी सम्पूर्ण कामको जिम्मा विशेष समितिले लिने गरी तीनबुँदे सहमति भएको थियो । त्यसका लागि विशेष समितिले आफूभित्र र सचिवालयबाट तीन/तीन जना रहने गरी एक संयन्त्र निर्माण गर्ने भएको छ । संयन्त्रमा विशेष समितिबाट माओवादीका वर्षान पुन, एमालेकार् इश्वर पोखरेल र कांग्रेसका रामशरण महत तथा सचिवालयबाट माओवादीका चन्द्रप्रकाश खनाल, कांग्रेसका शम्भुराम सिंखडा र एमालेका गोपालसिंह बोहरा रहने स्रोतले बतायो ।
यसैबीच प्रधानमन्त्री नेपाल र माओवादी अध्यक्ष दाहालबीच शनिबार बिहान भएको भेटवार्तामा एक साताभित्रै औपचारिक समारोह गरी शिविरहरूलाई विशेष समिति मातहत ल्याउने सहमति भएको छ । ‘आइतबार बस्ने स्थायी समिति बैठकले समारोह आयोजना गर्ने दिन तय गर्नेछ,’ माओवादी स्थायी समिति सदस्य तथा सैन्य इन्चार्ज पुनले भने । समारोहका दिन शिविरबाट माओवादी पार्टर्ीीे झन्डा हटाएर राष्ट्रिय झन्डा टा



