भारतको पञ्जाव चण्डीगढ क्षेत्रमा अज्ञात समूहद्बारा एमाले निकट प्रवासी संघका नेताको हत्या

–  हामीलाई भारतको पञ्जावबाट प्राप्त पछिल्लो समाचार अनुसार  एमाले निकट प्रवासी नेपाली संघ भारतको पञ्जाव, हिमाञ्चल-चण्डीगढ राज्यका अगुवा टंकप्रसाद डाँगीको चण्डीगढ क्षेत्रको नयाँ गाउँमा अज्ञात समूहले हत्या गरेको छ ।

गत बिहीबारदेखि हराइरहेका उनको चण्डीगढ क्षेत्रको नयाँ गाउँस्थित जंगलमा शव फेला परेको हो । रोल्पाको  बुढागाँउ- ६ स्थायी घर भएका डाँगी विगत १५ वर्षदेखि चण्डीगढमा रोजगारीमा गर्दै आएका थिए ।

प्रवासी नेपाली संघका अनुसार डाँगीको शव घाँटीभन्दा माथिको सम्पूर्ण भागको कुनै पनि पहिचान नरहने गरी छाला काडिएको अवस्थामा गोरेटो बाटो फेला गरेको थियो ।

गत बिहीबार मध्यान्ह आफू बस्ने ठाउँ मोहालीबाट हिडेका उनी त्यपछि वेपत्ता भएका थिए । उनले प्रयोग गर्ने  मोबाइल नं. ९८५५१४९०८६  त्यही दिन राती पौने ९ बजेसम्म काम गरेको र त्यसपछि सम्पर्क विहीन भएको संघले जनाएको छ । प्रहरी प्रशासनको सहयोगमा उनको खोजी गरिएको थियो ।

रोल्पामा छँदा एमालेको अनेरास्ववियूको राजनीति गरेको ३६ बर्षीय डाँगी प्रवासको सामाजिक काम र राजनीतिक गतिविधिमा संलग्न थिए ।

उनको हत्या षडयन्त्र र कायरतापूर्ण भएको संघले जनाइएको छ । ‘हत्याले प्रवासी नेपाली आन्दोलनमा अपुरणीय क्षति भएको छ । ‘संघले  भनेको छ,’ राष्ट्रले एउटा होनहार प्रतिभा र प्रवासी नेपाली समुदायले एउटा असल मित्र गुमाएको छ ।’