रौतहटमा अज्ञात समूहद्बारा माओवादीका भोजपुरा राज्य कमिटी सदस्यको गोली हानी हत्या

वीरगन्जबाट अर्घाखाँचीडट्कमलाई प्राप्त समाचार अनुसार अज्ञात समूहले आइतबार साझ रौतहटको सरुअठा-९ मा एकीकृत नेकपा माओवादीका भोजपुरा राज्य कमिटी सदस्य रुक्साना खातुनको गोली हानी हत्या गरेको छ।

 

अन्दाजी ४० वर्षीया खातुनलाई खेतमा काम गर्दै गरेको अवस्थामा अपरान्ह ४ बजेतिर उक्त समूहले कन्चटमा गोली प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यलयल रौतहटले जनाएको छ।

हत्याराको खोजी भइरहेको रौतहटका प्रहरी उपरिक्षक पिताम्बर अधिकारीले जानकारी दिए। ‘तीन-चारको संख्यामा बाटो ढुकेर बसेको समूहले उनको हत्या गरेर फरार भएको छ ‘, उपरीक्षक अधिकारीले भने- ‘उनीहरुको खोजी जारी छ।’ भोजपुरा राज्य कमीटी सेक्रेटरी अन्जना विसंखेले हत्याका निन्दा गर्दे यो माओवादी कार्यकर्तामाथि नियोजित आक्रमणको शृंखला भएको बताइन्। ‘शान्तl सम्झौतापछि माओवादी कार्यकर्तामाथि निरन्तर आक्रमणको यो अर्को कडी हो’, उनले भनिन्- ‘शान्ति समझौतापछि भोजपुरा राज्यकमिटीका करिब एक दर्जन सदस्य मारिसकेका छन्।’

हत्याको एकीकृत नेकपा माओवादी जिल्ला कमिटी रौतहटले भत्सर्ना गर्दै हत्यारा पत्ता लगाउन प्रशासनसँग माग गरेको छ। यस अघि पनि खातुन माथी दुई पटक भौतिक आक्रमण भएको थियो। मृतक खातुनका पती विदेशमा छन। एकीकृत माओवादीका जिल्ला सेक्रेटरी उपेन्द्र साहले र शान्ति सझौतापछि रौतहटमा मात्र यो समेत गरेर ५ राज्य कमिटी सदस्य मारिसकेको जनाए।