लडाकुहरु विशेष समिति मातहत ल्याउँदैमा माओवादी नेतृत्वलाई समर्थन गर्न नसकिने सत्ताधारी दलहरुको भनाइ

Subash Chandra Nemwang, Pushpa Kamal Dahal, Madhav ...

 

– लडाकुहरु विशेष समिति मातहत ल्याउँदैमा नयाँ सरकारको नेतृत्वमा माओवादीलाई समर्थन गर्न नसकिने सत्ताधारी दलका नेताहरुले बताएका छन्।

 

लडाकुहरु विशेष समिति मातहत ल्याउँदैमा नयाँ सरकारको नेतृत्वमा माओवादीलाई समर्थन गर्न नसकिने सत्ताधारी दलका नेताहरुले बताएका छन्।

कम्तीमा सेना समायोजनको स्पष्ट र विश्वसनीय खाका तयार नभएसम्म माओवादीको नेतृत्व अस्वीकार्य हुने सत्ताधारी दलहरुको भनाइ छ।


समायोजन हुन चाहने र पुनर्स्थापन हुन चाहने लडाकुहरुलाई छुट्टाछुट्टै शिविरहरुमा छुट्ट्याएपछि विश्वसनीय वातावरण बन्ने ती दलका नेताहरुले बताए।


एकमत


लडाकुहरुलाई सरकार अन्तर्गतको विशेष समिति मातहत ल्याउने शनिवारको तामझामपूर्ण समारोहले आपसी विश्वास निर्माणमा महत्वपूर्ण प्रभाव पारेकोमा सत्ताधारी दलहरु एकमत छन्।


तर उनीहरु यो कदम अपर्याप्त रहेको कुरामा पनि एकमत देखिए।