कांग्रेस र एमाले तत्काल माओवादी नेतृत्व स्वीकार्न नसकिने पुरानै अडानमा

काठमाडौ – काठमाडौंबाट अर्घाखाँचीडट्कमलाई प्राप्त समाचार अनुसार  कांग्रेस र एमालेले तत्काल माओवादी नेतृत्व स्वीकार्न नसकिने पुरानै अडानमा दोहोर्याएका छन् । सरकार गठन सम्बन्धमा मंगलबार दुई दलबीच भएको छलफलमा माओवादी नेतृत्वको सरकारमा सहभागी नहुने निर्णयमा उनीहरु पुगेका हुन् ।

सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा भएको छलफलमा अन्य दलको नेतृत्वको  सरकारमा सहभागी हुन माओवादीलाई आग्रह गर्ने सहमति भएको एमाले नेता प्रदीप ज्ञवालीले संवाददाताहरुलाई जानकारी दिए ।

शान्ति प्रक्रिया र संविधान लेखनका लागि लोकतान्त्रीक पार्टीको नेतृत्वमा सरकार गठन हुनुपर्नेमा दुवै दल सहमत भएको कांग्रेस नेता कृष्ण सिटौलाले बताए । उनका अनुसार आजै अपरान्ह्र माओवादी र कांग्रेसबीच छलफल हुँदैछ ।

सहमतिय सरकार निर्माणका लागि राष्ट्रपतिले थप गरेको समय सकिनै लाग्दा मुख्य तीन दलले द्धीपक्षीय छलफललाई तिब्रता दिएका हुन् । राष्ट्रपतिले सहमतीय सरकार निर्माण गर्न दलहरुलाई दिएको समयसीमा बुधबार सकिंदै छ ।