माओवादी र कांग्रेसले प्रधानमन्त्रीमा आ-आफ्नो दावी नछाडेपछि राष्ट्रिय सरकारको निम्ति सहमति जुटाउने प्रयास विफल तर गोकर्ण रिसोर्टमा भेला जारी,सहमतिको पाँच दिने म्याद आजबाट सकिदै

काठमाडौ – काठमाडौंबाट अर्घाखाँचीकमलाई प्राप्त समाचार अनुसार सहमतीय सरकार निर्माणका विषयमा छलफल गर्न प्रमुख तीन दलका शीर्ष नेताहरु गोकर्ण रिसोर्टमा भेला भएका छन् । सहमतीय सरकार निर्माणका लागि राष्ट्रपतिले थप गरेको पाँच दिनको समय सीमा आज सकिदैंछ ।

दलहरु आ-आफ्नै नेतृत्वमा सहमतीय सरकारको दावी गर्दै आएका कारण कुरा मिल्न सकेको छैन । दलहरुबीच सहमति नभए राष्ट्रपतिले बहुमतीय सरकार निर्माणका लागि आव्हान गर्नेछन् ।

गत साता प्रमुख तीन दलले जस्को पनि नेतृत्व स्विकार्न सकिने सहमति गर्दै सहमतीय सरकार निर्माणका लागि पाँच दिन समय थप्न राष्ट्रपतिलाई आग्रह गरेका थिए ।


दलहरुबीच मंगलबार दुई पक्षीय वार्ता भएको थियो । दुई पक्षीय वार्ताबाट पनि ठोस निष्कर्ष निस्केको थिएन । पार्टी भित्र थप आन्तरिक छलफल गरेर तीन दलीय बैठक गर्ने दलहरुले सहमति गरे अनुसार पुनः बैठक बसेको हो ।  


 

 

 

– माओवादी र कांग्रेसले प्रधानमन्त्रीमा आ-आफ्नो दावी नछाडेपछि राष्ट्रिय सरकार गठनको पाँच दिने म्याद सकिनु अघिल्लो दिन पनि सहमति जुट्न सकेन।

 

एकीकृत नेकपा माओवादी र नेपाली कांग्रेसले प्रधानमन्त्रीमा आ-आफ्नो दावी नछाडेपछि राष्ट्रिय सरकारको निम्ति सहमति जुटाउने प्रयास विफल भएको छ।

मंगलबार कांग्रस र माओवादी तथा एमाले नेतृत्वबीच अलग अलग छलफल भएको थियो।


सहमतिको पाँच दिने म्याद सकिने दिन बुधबार तीनदलको शीर्ष बैठक गर्नु अघि द्विदलीय छलफल गर्ने निर्णय अनुसार ती छलफल भएका हुन्।


शुरुमा गत शुक्रबार प्रधानमन्त्रीको निम्ति सबै विकल्पमा खुला छलफल गर्ने घोषणा गरेका कांग्रेस र एमाले नेतृत्वबीच छलफल भएको थियो।


गैरमाओवादी


छलफलबारे बताउंदै एमाले नेता प्रदीप ज्ञवालीले भने,