काठमाडौ – प्रमुख दुईदल नेकपा एमाले र नेपाली कांग्रेसले सरकारको नेतृत्वका लागि सेना समायोजन सक्नुपर्ने शर्त राखेपछि माओवादीमा केही मतभेद देखिएको छ ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले त्यसलाई केही लचिलो भएर शर्त पुरा गर्न सकिने बताएपनि उपाध्यक्ष मोहन वैद्य किरणले आपत्ति जनाउनु भएको छ । अर्का उपाध्यक्ष डाक्टर बाबुराम भट्टराइले शर्त मान्दा उपलब्धी गुम्नेमा सजग रहनुपर्ने बताउनु भएको स्रोतले जानकारी दिएको छ ।
माओवादी नेता देव गुरुङले सरकार गठन र सेना समायोजनलाई एउटै शर्तका रुपमा माओवादीलाई मान्य नहुने बताउनुभयो । गुरुङले शर्तका नाममा माओवादीलाई झुकाउने षड्यन्त्र भइरहेकाले माओवादी त्यसमा सचेत रहेको बताउनुभयो ।
माओवादी नेता बर्षमान पुन अनन्तले भने प्रधानमन्त्रीका तर्फबाट आएका कांग्रेस एमालेका शर्तका छलफल गर्न सकिने बताउनुभयो ।