– एकीकृत नेकपा माओवादी केन्द्रीय कमिटीको वैठकले प्रधानमन्त्री पदका लागि पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई नै उभ्याउने निर्णय गरेको छ। दाहालको प्रस्तावकमा उपाध्यक्ष मोहन वैद्य र समर्थकमा बाबुराम भट्टराई रहेका छन्।
प्रधानमन्त्री चयनमा अहिले दाहाल सबैभन्दा बलियो देखिएका छन्। आजै नेकपा एमालेले पार्टी अध्यक्ष झलनाथ खनाललाई सो पदमा उठाउने निर्णय गरिसकेको छ।