प्रधानमन्त्रीको निर्वाचनमा एमाले झलनाथ खनाललाई समर्थन गर्ने विषयमा माओवादी दाहाल र बाबुराम भट्टराई पक्षधर नेताबीच मतभेद

प्राप्त समाचार अनुसार आज हुन गइरहेको प्रधानमन्त्रीको निर्वाचनमा एमाले अध्यक्ष झलनाथ खनाललाई समर्थन गर्ने विषयमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल र उपाध्यक्ष बाबुराम भट्टराई पक्षधर नेताबीच मतभेद भएको छ। माओवादी स्थायी समिति वैठकमा दाहालले आजकै चुनावमा खनाललाई समर्थन गर्ने प्रस्ताव गरे।

 

तर भट्टराई पक्षधर नेताहरुले सकेसम्म माओवादीकै नेतृत्वमा सरकार बनाउन पहल गर्नुपर्ने भन्दै अर्को चुनावसम्म कुर्नपर्ने बताएका छन्। व्यवस्थापिका संसदभित्र बसेको वैठकका कारण निर्धारित १ बजे हुने चुनावी प्रकृया अझै सुरु हुन सकेको छैन्। चुनावमा दाहाल, खनालसँगै, कङ्ग्रेसका रामचन्द्र पौडेल र मधेशी नेता विजयकुमार गच्छेदार प्रधानमन्त्रीको प्रतिस्पर्धामा छन्।