झलनाथ खनाल ३४ औँ प्रधानमन्त्री

Nepal elects new PM after seven-month deadlock

 

एमालेका अध्यक्ष झलनाथ खनाल माओवादीको समर्थनबाट नेपालको ३४ औं प्रधानमन्त्री निर्वाचित भएका छन् ।

 

संसदको सबभन्दा ठूलो दल माओवादीले झलनाथ खनाललाई समर्थन गर्ने निर्णय गरेपछी उहाँ प्रधानमन्त्री हुने निश्चित भएको थियो। उहाँले अन्य बामपन्थी दलहरूको समेत समर्थन प्राप्त गर्नु भएको थियो।


बिहिबार भएको निर्वाचनमाएमालेका अध्यक्ष झलनाथ खनालले ३६८ मत पाउनु भएको थियो। यस्तै प्रधानमन्त्री पदका अन्य उम्मेदवारहरू कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले १२२ तथा मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले ६७ मत पाएका थिए।


बि.स. २००६ साल चैत ३ गते इलामको साँखेजुङमा जन्मेका झलनाथ खनाल एमालेबाट प्रधानमन्त्री हुने तेस्रा नेता हुनुहुन्छ। यसअघि एमालेबाट कनमोहन अधिकारी तथा माधव कुमार नेपाल प्रधानमन्त्री भर्इसकेका छन्।
एमालेको बुटवल महाधिवेशनमा ओलीलार्इ पराजित गरेर अध्यक्ष बनेका झलनाथलार्इ समय समयमा पार्टी भित्रबाटनै बिरोधको सामना गर्नु परेको थियो। उनीमाथी आफु प्रधानमन्त्री हुनका लागि आफ्नै पार्टीका प्रधानमन्त्रीको बिरुद्ध लागेको आरोप समेत लागेको छ।