मन्त्रालय भागबण्डामा कुरा मिलाउन दुईदलका शीर्ष नेताहरुसहितको कार्यदलको बैठक विनानिश्कर्ष टुंगिएको छ ।
सोमबार मन्त्रालय भागबन्डा लगाउन दुई दलीय शीर्ष नेताहरुसहितको कार्यदलको बैठक एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकमा माओवादी र एमालेका शीर्ष नेताहरुबीच मन्त्रालय बाँडफाँटमा कुरा नमिलेका कारण बैठक विना निश्कर्ष टुंगिएको हो । माओवादी र एमालेबीच गृह मन्त्रालय कसले लिने भन्नेमा विवाद भएपछि प्रधानमन्त्री झलनाथ खनालले आइतबार एक्लै शपथ लिनुभउको थियो । दुवै दलले गृह मन्त्रालय दाबी नछाडेपछि मन्त्रिपरिषद् गठन हुन नसकेको हो ।
बैठकपछि एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहालले चाँडै मन्त्रिपरिषद् विस्तार हुने बताउनु भएको छ । उहाँले मन्त्रालयको सम्मानजक बाँडफाँडपछि आजभोलि नै मन्त्रिपरिषद् विस्तार हुने बताउनुभयो । उहाँले साँत बुँदे सहमतिमा देखिएको अस्पष्टतासमेत अन्त्य भएको दाबी गर्नुभयो । प्रधानमन्त्री झलनाथ खनालले सात बुँदे सहमतिमा एमाले दृढ रहेको पत्रकारहरुलाई जानकारी दिनुभयो ।