प्रमुख प्रतिपक्षी कांग्रेसले सात बुँदे सहमति शान्ति सम्झौता विपरित भएको निश्कर्ष निकाले पनि प्रधानमन्त्री खनाल र माओवादी प्रचण्डद्वारा उक्त सहमतिमा अडिग रहने घोषणा

– आफ्नो दलभित्र र बाहिरबाट चर्को आलोचना भएपनि प्रधानमन्त्री झलनाथ खनालले आफुले केही दिन पहिले माओवादी अध्यक्ष प्रचण्डसँग गरेको सातबुँदे सहमति अनुरुपनै अघि बढ्ने जनाएका छन्।


प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सात बुँदे सहमति शान्ति सम्झौता विपरित भएको निश्कर्ष निकालेको भोलिपल्ट, सोमबार, प्रधानमन्त्री झलनाथ खनाल र माओवादी अध्यक्ष प्रचण्ड दुवै नेताले उक्त सहमतिमा अडिग रहने घोषणा गरेका छन्।

प्रधानमन्त्री निर्वाचनको ठिक अगाडि भएको उक्त सहमतिले खासगरी सेना समायोजन र आलोपालो सरकारको नेतृत्वबारे गरेको समझदारीप्रति विपक्षी नेपाली कांग्रेस र एमालेभित्रैबाट विरोधका स्वरहरु सुनिएका थिए।


तर सोमबार दिउँसो प्रधानमन्त्री खनाल र माओवादी अध्यक्ष प्रचण्डले ती विरोधलाई पन्छाईदिए।