कांग्रेसले प्रजातन्त्र स्थापना भएको दिनलाई स्मरण गर्दै आगामी फागुन ७ गते देशभर विशेष कार्यक्रम गर्ने

काठमाडौं – प्राप्त समाचार अनुसार कांग्रेसले प्रजातन्त्र स्थापना भएको दिनलाई स्मरण गर्दै आगामी फागुन ७ गते देशभर विशेष कार्यक्रम गर्ने भएको छ ।

मुख्य सचिव वसन्तकुमार गौतमले बुधबार विज्ञप्ती जारी गर्दै देशव्यापी रुपमा प्रजातन्त्र दिवस मनाउने जानकारी दिएका छन् । ‘नेपाली कांग्रेसले यस वर्ष पनि फाल्गुण ७ गते देशका पचहत्तरै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाई विशेष महत्वका साथ प्रजातन्त्र दिवस मनाउने भएको छ,’ विज्ञप्तीमा भनिएको छ ।